गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा , सर्वसाधरण त्रसित
आर्थिक परिवेश संवाददाताजाजरकोट। अचम्म लाग्छ गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा भन्दा तर, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । उनि हतियार सहित गाउँमा हिड्न थाले पछि स्थानीय त्रसित भएका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका हुन् । गाउँपालिका अध्यक्ष जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्ने गरेको एक जनप्रतिनिधिले बताए । अध्यक्षको आलोचना भई रहेको भए पनि आफूहरुले त्यस्तो नगर्नुस् भन्दा नमान्ने गरेको उनको भनाइ छ छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।…
दुई दिने शिशुसहित एकै परिवारका पाँचजनाको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । घाइते अवस्थामा भेटिएका सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। प्रहरीका अनुसार आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् भने काइली, सुयासकी आमा हुन् । । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान…
रुसले भाडाका विदेशी लडाकु भर्ती गर्न थाल्यो
आर्थिक परिवेश संवाददाताकाठमाडौं । मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ । युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् । तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन् । युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन् ।
सोलुखुम्बुको नक्चुङ सामुदायिक वनमा आगलागी
आर्थिक परिवेश संवाददातासोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिए । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ । आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने…
कांग्रेस अछामा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै
आर्थिक परिवेश संवाददाताअछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो । सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भए भए पनि असफल भए पछि पुनःमतदान गर्न लागिएको कांग्रेस अछामले जनाएको छ । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको छ। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

