गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा , सर्वसाधरण त्रसित

निकासखबर संवाददाता

जाजरकोट। अचम्म लाग्छ गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा भन्दा तर, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् ।

उनि हतियार सहित गाउँमा हिड्न थाले पछि स्थानीय त्रसित भएका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका हुन् ।

गाउँपालिका अध्यक्ष जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्ने गरेको एक जनप्रतिनिधिले बताए । अध्यक्षको आलोचना भई रहेको भए पनि आफूहरुले त्यस्तो नगर्नुस् भन्दा नमान्ने गरेको उनको भनाइ छ छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।

अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । ‘अध्यक्षले बोक्ने गेको बन्दुक लाइसेन्स प्राप्त बन्दुक भएको र नेपालगन्जमा दर्ता गराएको भन्ने आफूले सुनेको उनको भनाइ छ । लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ, तर, सार्वजनिकरुपमा बोकेर हिँड्न पाईने प्रमुख जिल्ला अधिकारी शाहीले बताए । हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिएको प्रजिअ शाहीको भनाइ छ ,

 

मा प्रकाशित