कांग्रेस अछामा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

निकासखबर संवाददाता

अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो ।

सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भए भए पनि असफल भए पछि पुनःमतदान गर्न लागिएको कांग्रेस अछामले जनाएको छ । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् ।

सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको छ। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

मा प्रकाशित