जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष व्यवस्थित गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पत्रकार सम्मेलन मार्फत आगामी दिनमा आदीवासी जनजाती आन्दोलनमा महत्वपूर्ण भूमीका खेल्ने बताएको छ । काठमाडौंको नयाँबानेश्वर स्थित ईन्देणी फुडल्यण्डमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष परिस्कृत र व्यवस्थित गर्दै लैजाने बताएको हो । जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघले विभिन्न १४ बँुदे प्रेस विज्ञप्ति मार्फत जनजातीहरुका हकअधिकारकालागि आफूहरुले विभिन्न १४ बुँदालाई ध्यनमा राख्दै जनजाती आन्दोलनलाई अगाडी बढाउने बताए । उनले नेपाल जनजाती महासंघको नवनिर्वाचित केन्द्रीय समितिले जातिय पहिचान सहितको संघियता, सामुहिक अधिकार सहितको स्वशासन र स्वायत्तता, संरक्षित र विशेष क्षेत्र राज्यको हरेक निकायमा जातीय, जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको…
पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते
आर्थिक परिवेश संवाददातापाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।
प्रचण्ड रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बोधन गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।
निवार्चन आचारसंहिता : पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं, ४ चैत । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणलाई स्पष्ट शब्दमा उल्लेख गरिएको छ । ‘कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ । सञ्चार प्रतिष्ठान र पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भाव खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन…
चुनाव लक्षित कार्यक्रम लिएर गाउँ पसे राजनीतिक दल
आर्थिक परिवेश संवाददाताजुम्ला । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् । जुम्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताए । उनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’ माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ…

