चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री चौधरी
आर्थिक परिवेश संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । विहिवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका हुन् । उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउ । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख…

प्रदेशमै एमालेलाई पत्तासाप पार्ने रणनितीमा सत्ता साझेदार दलहरु
आर्थिक परिवेश संवाददाता

विराटनगर । नजिकीदै गरेको स्थानीय तह चुनावका लागि प्रदेश एकमा सत्तासाझेदार दलहरु एमालेलाई सानो दल बनाउने रणनितीमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन गरेर एमालेलाई प्रदेशमा सबै भन्दा सानो दल बनाउनमा उनिहरु लागि परेका हुन् । सत्ता साझेदार दलहरुको बैठकले हरेक जिल्लामा बार्ता गरी चुनावी तालमेलमा जााने, गठबन्धनको कार्यन्वयनको मोडालीटी तयार गर्न समिती निर्माण गर्ने, पार्टीको निर्णय तथा गठबन्धनको विरुद्ध जाने नेता तथा कार्यकर्तालाई कारबाही गरिने र प्रदेश १ मा एमाले बाहेकका अन्य दलहरुलाई गठबन्धनमा आउनका लागि आव्हन गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए…

उदयपुरका सबै स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय
आर्थिक परिवेश संवाददाता

उदयपुर । उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल ९दिवस०, नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव ९राहुल० र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष…

चितवनका आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पक्षी नष्ट गरिँदै
आर्थिक परिवेश संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल…

दक्षिण कोरियामा वायु सेनाको लडाकु विमान दुर्घटना ,३ जना चालकको मृत्यु
आर्थिक परिवेश संवाददाता

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका छन् ।दक्षिण कोरियाको के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वको साचियोनको धान खेतमा दुर्घटना भएको हो । तेज हावाका कारण विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । यसैबीच विमान दुर्घटनामा मृत्यु हुनेहरुको एक समारोहका बीच अन्त्येष्टि गरिएको छ ।