झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
आर्थिक परिवेश संवाददाता

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को…

देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने
आर्थिक परिवेश संवाददाता

डडेल्धुरा । सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय महाधिवेशनअघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन्। सातौं जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता विना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म…

तिम्रा चेलीबेटीले पनि पैसाकै लागि शरीर बेच्छन्?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियोबारे विभिन्न टिकाटिप्पणी भैरेहका छन् । कसैले प्रंशसा गरिरहेका छन्, भने कसैले विरोध। प्रशंसा र विरोधले सामाजिक सञ्जाल तातेको छ। तर, स्वयं, प्रकाश सपुतले भने यस बारेमा मुख खोेलको छैनन् । यसैबीच जनयुद्धमा लामो सय विताएर लगभग सर्वश्व गुमाएकी एक पूर्व छापामारले प्रकाश सपुतलाई प्रश्नको कठघरामा उभ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै एक संगीन प्रश्न गरेकी छिन्, ‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे । के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त ? उनी कलाकार हुन्, कल्पना…

नौ वर्षमा बनेन फोक्सिङ्टारको सुनकोशी पुल
आर्थिक परिवेश संवाददाता

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने छाँटकाँट छैन । जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने…

प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । गायक प्रकाश सुपतकाे गीत ‘पीर’काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै  भनिएकाे छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार…