एमालेद्वारा उम्मेदवार सिफारिस भएका पौडेल निर्वाचन आचारसंहिता उलङ्घन गर्दै
आर्थिक परिवेश संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं ८ मा नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार सिफारिस गरेका दुर्गा पौडेल यति बेला विकासे काममा व्यस्त भएका छन् । वडामा मतदातालाई प्रभावित पार्ने गरी उनी विकासे  काममा व्यस्त भएका हुन् । वडामा ग्रामीण बिद्युतीकरणका लागि विवाद भएर रोकिएको काममा समेत उनी आँफै अगुवा भएर  धमाधम काम गराइ रहेको स्थानीयले बताएका छन् ।  गाउँमा यति बेला बिद्युतीकरणको काम मात्रै नभएर वडामा सडक ग्राभेल गर्नै सम्मका काम आफैँले गराई रहेका छन् । निर्वाचन आचारसंहिता लागु भई सकेपछि राजनीतिक दलबाट उम्मेदवार सिरिस भएका व्यक्ति नै यसरी विकासे काममा अग्रसर भएर लाग्नुले एमालेले मतदातालाई भ्रममा पार्न खोजेको एक स्थानीयले…

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय
आर्थिक परिवेश संवाददाता

सुर्खेत । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ । कांगे्रस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न…

संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण
आर्थिक परिवेश संवाददाता

स्याङ्जा । पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रबार पञ्चेबाजा वितरण गरिएको हो । परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिने भएकाले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँपुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको उनको भनाइ छ । पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको रु आठ लाख बजेटबाट खरिद गरिएका बाजा विभिन्न वडाका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत…

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिए । स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण…

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, कांग्रेस नेता काठमाडौंतिर
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो । तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।  चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका…