महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो
आर्थिक परिवेश संवाददाताझापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ ।पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन् । सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि रु २० लाखदेखि रु २५ लाखसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन् । “टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन”, विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्यले भनिन्, “रु…
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी
आर्थिक परिवेश संवाददाताकाठमाडौं। मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिए । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे…
लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा, एकीकृत समाजवादी एक्लियो
आर्थिक परिवेश संवाददाताबुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ । गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने…
द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग
आर्थिक परिवेश संवाददाताकाठमाडौं । द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गछानबिन र अनुसन्धानको माग गरेएको हो । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा पुनरावलोकन गरी आजसम्म प्राप्त अनुभव तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त एवं अन्तर्राष्ट्रिय मूल्य, मान्यता र मापदण्डसमेतका आधारमा समयसीमा र स्पष्ट कार्ययोजनासहितको सङ्क्रमणकालीन न्याय प्रक्रिया लागू गर्न अपिल गरेको छ । द्वन्द्वपीडितले मानवअधिकारका गम्भीर उल्लङ्घन तथा ज्यादतिमा क्षमादान, माफी र मेलमिलाप नहुने सुनिश्चततासहित पीडित समुदाय एवं सरोकारवालासँगको…
आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ होः अध्यक्ष प्रचण्ड
आर्थिक परिवेश संवाददाताजनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए । “नेपालीको आत्मसम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीलाई परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने वा प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाइँ हो अहिलेको निर्वाचन”, अध्यक्ष…

