एमालेद्वारा उम्मेदवार सिफारिस भएका पौडेल निर्वाचन आचारसंहिता उलङ्घन गर्दै

निकासखबर संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं ८ मा नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार सिफारिस गरेका दुर्गा पौडेल यति बेला विकासे काममा व्यस्त भएका छन् । वडामा मतदातालाई प्रभावित पार्ने गरी उनी विकासे  काममा व्यस्त भएका हुन् ।

वडामा ग्रामीण बिद्युतीकरणका लागि विवाद भएर रोकिएको काममा समेत उनी आँफै अगुवा भएर  धमाधम काम गराइ रहेको स्थानीयले बताएका छन् ।  गाउँमा यति बेला बिद्युतीकरणको काम मात्रै नभएर वडामा सडक ग्राभेल गर्नै सम्मका काम आफैँले गराई रहेका छन् ।

निर्वाचन आचारसंहिता लागु भई सकेपछि राजनीतिक दलबाट उम्मेदवार सिरिस भएका व्यक्ति नै यसरी विकासे काममा अग्रसर भएर लाग्नुले एमालेले मतदातालाई भ्रममा पार्न खोजेको एक स्थानीयले बताए । वडामा विभिन्न योजनाह बनाइएको भए पनि गत वर्षहरुमा प्राथमिकतामा नपरेका योजनाहरु किन धमाधम गरिएको हो अचम्ममा परेको उनले बताए  ।

उनका अनुसार विगत तीनदिनदेखी उनी गाउँमा विकासेकाममा अग्रसर भएर लागेका छन् । यस विषयमा पौडेललाई पटक पटक  सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । चारवर्ष सम्म नभएका कामहरु अहिले धमाधम गरिनुले मतदातालाई प्रभावित बनाउन कै लागि गरिएको स्थानीयको भनाइ छ ।

 

मा प्रकाशित