आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो
आर्थिक परिवेश संवाददाता

बाग्लुङ। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनको भनाइ छ । ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी…

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ
रासस

म्याग्दी । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बता्रए । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति…

आपसी खिचतानीले पहिचानको नारा नारामै सिमित
गुमनाम गाउँले

विराटनगर । प्रदेश १ ले नामाकरणको लामो बहस पछि ‘कोशी’ टुंगो लागेको छ । लामो रस्साकस्सीपछि दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पनि पार लगाउन नसकेको नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुंगो लागेको हो । अहिले पहिचानको आन्दोलन कमजोर भएको छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका १ नम्बर प्रदेशका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गीएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चले । लामो समयदेखि…

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् ।  आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिएनका महानिर्देशक डा ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

प्रधानमन्त्रीलाई वुझाइयो राष्ट्रिय युवा परिषदको बार्षिक प्रतिवेदन
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई वार्षिक प्रतिवेदन वुझाएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सो प्रतिवेदन वुझाएको हो। २४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा २४ को उपदफा २ वमोजिम वार्षिक रिपोर्ट वुझाइएको बस्नेतले वताए। प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन , सहुलियतपूर्ण कर्जा सहजिकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्द्धन , नवप्रवर्तन तथा इन्कुवेसन , नेतृत्व विकास कार्यक्रम…