प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।…
बिपिडब्लु लघुवित्तको आइपिओ खुला
आर्थिक परिवेश संवाददाताकाठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर…
ड्युटीमा रहेका प्रहरीको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडौं । बैतडीमा कार्यरत एक प्रहरीको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीमा रहेको समयमा मृत्यु भएको हो। बुधबार साँझ ड्युटीमा रहेकै बेला उनी एक्कासी ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि नजिकैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकाराज जोशीका अनुसार अस्पताल पुर्याएको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन् । हिजो साँझ ड्युटीमा हुँदा उनी एक्कासी ढलेका र लगत्तै पाटन स्वास्थ्य केन्द्रमा पुर्याइए पनि डाक्टरले केहीबेरमै मृत घोषणा गरेका उनले बताए । जोशीले चौधरीका आफन्त आएपछि पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ ।
कक्षाकोठा अभावमा एउटै कक्षामा दुई शिक्षिकाले पाढाउँदै
आर्थिक परिवेश संवाददातागुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको हो । यसरी एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् । हामी त बाध्य भएर यसरी पढाउँदै छौँ तर, विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुने गरेको उनको भनाइ छ । दुवै कक्षाका गरी…
गोदावरीकाे चिभालाछीबाट ३१७ वर्ष पुरानो मूर्ति चोरी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । गोदावरीकाे चिभालाछीबाट ३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको हो । बौद्ध चैत्य ९चिभा० मा राखिएको मूल मूर्ति चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताए । घटनाबारे प्रहरीलाई जानकारी गराई दोषीको खोजी कार्य सुरु गरिएको देसारको भनाइ छ । पछिल्लो समय मूर्ति चोरी हुने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा र जनचेतनाका लागि कार्यक्रम समेत सुरु गर्ने तयारी थालिएको उनले बताए ।

