प्रधानमन्त्रीलाई वुझाइयो राष्ट्रिय युवा परिषदको बार्षिक प्रतिवेदन

निकासखबर संवाददाता

काठमाडौं। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई वार्षिक प्रतिवेदन वुझाएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सो प्रतिवेदन वुझाएको हो।

२४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा २४ को उपदफा २ वमोजिम वार्षिक रिपोर्ट वुझाइएको बस्नेतले वताए।

प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन , सहुलियतपूर्ण कर्जा सहजिकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्द्धन , नवप्रवर्तन तथा इन्कुवेसन , नेतृत्व विकास कार्यक्रम , नमुना युवा संसद अभ्यास , विद्यालय उद्यम कार्यक्रम लगायतका कार्यक्रम प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदन वुझाउने टोलीमा उपाध्यक्ष बस्नेत सहित युवा तथा खेलकुद मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, सहसचिव द्वय शिवराम न्यौपाने र इमनारायण श्रेष्ठ , परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्मा र राजेस मैनाली सहितको उपस्थिति रहेको थियोे।

मा प्रकाशित