प्रदेश नामकरणको विरोधमा इलाममा तालाबन्दी
आर्थिक परिवेश संवाददाता

इलाम । ‘कोशी’ प्रदेश नामकरणको विरोधमा संघर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ । पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो । आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिए । ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाडेका छन् । समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै आफ्नो…

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी
आर्थिक परिवेश संवाददाता

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।  पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता बढाउनु पर्ने…

प्रचण्डविरुद्धको षड्यन्त्र नेपाललाई अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनबैरीहरुको निशानामा परेको बताएको छ । प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गरेर नेपाललाई पुनः अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा रहेको बताएको हो । ‘राज्य र समाजको विभिन्न क्षेत्रमा लुकि बाँचेका जनबैरीहरुले यताका केहि महिनाहरुमा खुल्ला उपद्रवी हर्कत थालेका छन् । जनयुद्धका कमाण्डर तथा जनआन्दोलनसँग युद्धको उर्जालाई समायोजित गर्ने मुख्य कालिगढ हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड जनबैरीहरुको पहिलो निशानामा हुनुहुन्छ,’– विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री प्रचण्डको सार्वजानिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्चमा रिट दायर भएसँगै माओवादी आन्दोलनका घटकहरु समेत बोल्न थालेका छन् ।…

आर्थिक परिवेश संवाददाता

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्विनी प्रदेश समितिले अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वाेच्च अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फुयालको सयुक्त ईजलासबाट रिट दर्ता गर्ने आदेशप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ वुंदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिहरुप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिबाद गर्न अपिल समेत गरेको छ । समितिका अध्यक्ष सुदर्शन वरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका…

किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा
आर्थिक परिवेश संवाददाता

भोजपुर । किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय (माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको किराँत राईयायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए । कोसी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको रू तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ । भोजपुर नगरपालिका–६ देउरालीमा चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीनतले सभाहलको पहिलो तलामा किराँत सङ्ग्रहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमाथि २० फिट अग्लो किराँत राईको विभिन्न…