शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरूद्ध माओवादी घटक एक हुने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरू भेला सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी रहेका थिए । यसअघि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा आइतबार यी नेताहरु एउटै मञ्चमा देखा परेका थिए । बैठकमा पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका…

कछुवा गतिमा कोशी करिडोर
आर्थिक परिवेश संवाददाता

विराटनगर । कोशी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोशी प्रदेशको बहुप्रतिक्षित संरचना हो । तर, यसको निर्माण भने ज्यादै सुस्त देखिएको छ । कछुवा गतिमा चलिरहेको आयोजनाको सुस्तताले स्थानीयबासीलाई खिन्न बनाएको छ । कोशी करिडोरको उत्तर–दक्षिण लोकमार्गको अझै ७ किलोमिटर ट्रयाक छिचोल्नै बाँकी रहेको छ । सरकारले उच्च प्राथमिकतामा राखे पनि करिडोरको ट्रयाक खन्ने काम भने धिमा गतिमा नै अघि बढिरहेको छ । कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजना कार्यालयका योजना प्रमुख सविन कोइरालाले करिडोर अन्तर्गत १४ किलोमिटर सडकको ट्र्याक खन्नुपर्नेमा अहिलेसम्म ७ किलोमिटरको ट्रयाक खुलिसकेको बताए । ‘अहिले च्याङपाङ खण्डको ७ किलोमिटर सडकको ट्रयाक छिचोल्न बाँकी छ,’ उनले भने ‘अबको…

प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
आर्थिक परिवेश संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन…

जंगलको आगो वस्तीमा पस्दा लाखौको क्षती
आर्थिक परिवेश संवाददाता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् । आगलागीबाट कुम्मायक गाउँपालिका(१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको हो । सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीकोे भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
आर्थिक परिवेश संवाददाता

दाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।” शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही…