प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिट खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । क्रान्तिकारी केन्द्रीय समितिले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका् हो । जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धको नेतृत्वकर्ताको हैसियतले युद्धका क्रममा माओवादी पक्षबाट भएका क्षतिको जिम्मा आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर सर्वोच्चमा उनीविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । माओवादीले भने यस्ता मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा टुंग्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

कर्णालीको विकासमा मन्त्री मोदीको चासो
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् । मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईहरुको यात्रामा सदैव सँगै हुन्छु तपाईहरुलाई…

शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभारः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

धादिङ  । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएकी छन् । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन  उद्घाटन गर्दै उहाँले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् । अघिल्लो संसदमा बिधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माले बताइन्। शान्ति प्रक्रिया टुंगोमा नपुग्दा…

सर्वोच्चमा प्रचण्ड’ विरुद्धको रिट दर्ता हुँदै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो । अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।

मार्च ८ मा १०१ महिला सम्मानित हुँदै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक९१०१० महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनिहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने धएके छ । कार्यक्रम फागुन २४ गते होटल हायात प्लेसमा आयोजना हुनेछ । प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लुआइआइटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिइन् । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि(नोट’ बक्ताको रुमा रहेकी छन् । उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा…