
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिट खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । क्रान्तिकारी केन्द्रीय समितिले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका् हो ।
जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धको नेतृत्वकर्ताको हैसियतले युद्धका क्रममा माओवादी पक्षबाट भएका क्षतिको जिम्मा आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर सर्वोच्चमा उनीविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ ।
माओवादीले भने यस्ता मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा टुंग्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

