मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र
आर्थिक परिवेश संवाददाताम्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र बनेको छ । मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मङ्सिर महिनासम्मका लागि म्याद थपिए पनि १८ महिनादेखि काम नहुँदा सडक अलपत्र परेको धाइरिङका मनोहर आचार्यले बताए । धाइरिङका बासिन्दाले बेनी–मालढुङ्गा सडकको छेउमा सञ्चालक र सडक सममै सम्पन्न नहुँदाको अवस्था झल्काउने तस्विरसहित ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएका छन् ।…
रास्वपा रामचन्द्रको पक्षमा उभिने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान जारी रहँदा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ । स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने जनाएको छ । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् । बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् । संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।
सुरू भयाे राष्ट्रपति निर्वाचन, आठ सय ८१ मतदाताले मतदान गर्दै
आर्थिक परिवेश संवाददाताकाठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन् । आजको निर्वाचनमा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र ७ वटै प्रदेशका सांसदहरु मतदाताको रुपमा रहने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार संघीय संसदका सांसदहरु ३३१ र प्रदेश सभाका सांसदहरु ५५० जना गरी जम्मा ८८१ मतदाताले राष्ट्रपति निर्वाचनमा मतदाताको रुपमा सहभागी हुन पाउने छन् । आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
परिवर्तनलाई उल्टाउने षड्यन्त्रकाे हामी सशक्तप्रतिवाद गछौंः देवेन्द्र पौडेल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’ उनले भने, ‘त्यसैको संकेतका रुपमाअदालतको प्रकरण बुझ्न सकिन्छ यसको लागि हामीले प्रतिवाद गछौं ।’ २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे । ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषाहो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद…
राष्ट्रपति निर्वाचन राप्रपाले वहिस्कार गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । कार्यसमितिको बैठकले दुवै जना उम्मेदवार पार्टीको सक्रिय राजनीतिमार्फत् आएका कारण निष्पक्षता नहुने भएकाले राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। सैद्धान्तिक रुपमा राष्ट्रपति संस्थाप्रति पार्टीको फरक मत रहेको र संविधानले राष्ट्रपतिलाई संवैधानिक संस्थाको रुपमा परिकल्पना गरेकोले आफुहरुले यो चुनावमा भाग नलिने उनको भनाइ छ । अहिले उम्मेदवार बनेका…

