सिन्धुली दुर्घटनामा भएका घाइतेलाई हेलिकोप्टरबाट उद्धार
आर्थिक परिवेश संवाददातासिन्धुली । सिन्धुली–चकमके सडक खण्ड अन्तरगत तिनपाटन गाउँपालिका २ गैरीमा बोलेरो र मोटरसाइकल एक आपस ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिजाली रहेका छन् । बिहीबार बिहान तिनपाटन ९ आम्बोटेबाट सिन्धुलीमाढीतर्फबाट आउँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो र सिन्धुलीबाट तिनपाटनतर्फ जाँदै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल चालक तेजबहादुर सिजाली गम्भीर घाइते भएका हुन्। गम्भीर घाइतेको थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते सिजालीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि फिस्टेल एयरको नाइनएन एजिआर हेलिकोप्टर मार्फत…
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको…
माघसम्ममा वितरणतर्फको विद्युत चुहावट ७.९९ प्रतिशत
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणकालागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत विन्दुले घटाएको हो । गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत रहेको थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत रहेको प्रधिकरणले जनाएको छ । यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा…
सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा एमाले अखिलको उम्मेदवार
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । पोखरा नर्सिङ क्याम्पसमा सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा उम्मेदवार भएको पाइएको छ । पोखरा नर्सिङ क्याम्पसमा बेनी अस्पतालपमा कार्यरत पाँचौँ तहकी स्थायी कर्मचारी स्टाफ नर्स स्ववियु निर्वाचनमा उमेदवार भएको पाइएको हो । निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२२८४८ रहेको अञ्जना अधिकारी बिएन अध्ययनका लागि तलबी बिदामा नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत हाल चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत रहेकी छन् । सरकारी तलबसहित छात्रवृत्ति अध्यन बिदा पाएकी उनी नेकपा एमालेको भ्रातृसंस्था एमाले अखिलको तर्फबाट चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेकी हुन् । यस्तै, दिपिका धिताल रुकुम पूर्व जिल्ला अस्पतालमा कार्यरत स्थायी स्टाफ नर्स हुन् । पाँचौँ तहकी धितालको…
सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्छः कर्णजीत बुढा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकोले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए । उनले माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका बताए । बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो…

