कृषि विश्वविद्यालयका डिन निलम्बित
आर्थिक परिवेश संवाददाता

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे…

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख…

बागमती प्रदेशका मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आगामी बुधबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोही प्रयोजनको निम्ति प्रदेशसभा सचिवालयले चैत ८ गने दिउँसो ३ बजे बैठक बोलाएको छ । बागमती प्रदेश सरकारको वर्तमान क्याबिनेटमा माओवादी केन्द्र र एमालेका मन्त्री छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा पनि माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन् । वागमती प्रदेशमा पनि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ
आर्थिक परिवेश संवाददाता

सुनसरी । प्रहरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ । बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो । राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए ।

उपराष्ट्रपति पुन निजी निवासमा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्  । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए  । निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्ने छन्  ।