सूचना प्रविधिको विकाससँगै जोखिम पनि बढ्दै गएको छः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

नयाँ दिल्ली । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाला सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्धिपक्षीय बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् । ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्’– उनले भनिन्– ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।’ नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री…

बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो
आर्थिक परिवेश संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित भएपछि १० गते बस्ने गरी सारिएको हो । अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले बताए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनको भनाइ छ । आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित…

मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा किसानको प्रदर्शन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् । बुधवार काठमाडौंको माईतीघर मण्डलामा रासायनिक मलखादको  मस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए । उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए । किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको उनको भनाइ छ ।  यो आन्दोलन सातै प्रदेशमा गर्ने…

रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती स्वीकार्य हुन्नः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । साे केरममा प्रधानमन्त्री प्रचण्डले भने, अब दुस्ख दिने । दुस्ख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ । ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित र देश हितमा प्रयोग हुनेछ । यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो । उनले वैदेशिक रोजागारीका…

नक्कली नागरिकलाई नागरिकता बनाइदिने गिराेह पक्राउ
आर्थिक परिवेश संवाददाता

काठमाडौं। तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको बताएका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए । उनले न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको छ । तीमध्ये ठिन्ले…