संघीय खबर

गण्डकीका अर्थमन्त्रीमा लमजुङका टकराज गुरुङ
निकासखबर संवाददाता

कास्की, १६ जेठ । लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि समेत गरेका छन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।  

अध्यक्ष कैलाश सिरोहिया कान्तिपुरको कार्यालयबाटै पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न उनको कार्यकक्षमै प्रवेश गरी पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।  

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै
निकासखबर संवाददाता

काठमाडौँ, २९ वैशाख । नेकपा (एकीकृत समाजवादी) को सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।  

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
निकासखबर संवाददाता

काठमाडौं, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए । सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । कार्की झापा निर्वाचन क्षेत्र नं ५ ९क०बाट प्रदेशसभा…

मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निकासखबर संवाददाता

जनकपुरधाम, २७ बैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ । उनीहरुको मिलेमतोमा जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९÷८० मा गरिएको पिसिसी ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि…