खेलकुद खबर

भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा फाइनलमा
निकासखबर संवाददाता

काठमाडाैं । वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा र  झ्याम्पा धोण्डुप फाइनलमा पुगेका छन् । दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगितामा  सशभागि थापा फाइनलमा पुगेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा आफु फाइनलमा पुगेको जनाएका छन् । उनले भेट्रान्स सिङ्गलमा पनि आफु  सेमिफाइनलमा पुगेको जनाएका छन् । उनले  दार्जिलिङबाट सबैमा सादर नमस्कार भन्दै फेसबुकमा लेखेका छन् -“दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २००’ प्रतियोगिताको ६०वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै म र झ्याम्पा धोण्डुप…

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण गोल्डकपको उपाधि
निकासखबर संवाददाता

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौंले धनकुटामा सञ्चालित भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि उचालेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले ५ लाख प्राप्त गरेको छ भने उपविजेता वीरगञ्जले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित
निकासखबर संवाददाता

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण फेरि अवरुद्ध भएको छ। कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो । खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो । कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिइसकेका छन् । एक विकेट सोमपाल कामीले लिएका हुन् । यसअघि पनि खेल वर्षाका कारण प्रभावित बनेको थियो । प्रभावित हुँदा ५० ओभरको खेललाई ४२ ओभरमा झारेको थियो । यस्तै २८२ रनको लक्ष्यलाई पनि डिएलएस मेथडबाट २८१ रनको लक्ष्य बनाएको हो ।

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गरे ।फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो भए । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागीता जनाएका थिए । फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी…

बेसबल तथा सफ्टबल संघको तदर्थ समितिमा न्यौपाने
निकासखबर संवाददाता

काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन भएकाे हाे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।