दृष्टिकोण
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
निकासखबर संवाददाता२०५औं मार्क्स जयन्ती दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेइनरिख मार्क्स एक वकिल थिए।उनी दार्शनिक कान्ट र भोल्टेयरप्रति समर्पित थिए।उनले प्रशियाको संविधानको लागि भएको आन्दोलनमा भाग पनि लिएका थिए।उनकी आमा हेनरिटा प्रिजबर्ग घरेलु कामदार थिइन्। १८२४ मा मार्क्सको परिवार यहूदी धर्मबाट ईसाई धर्ममा परिवर्तन भयो।यसपछि यहूदी धर्मको बारेमा मार्क्सको धारणा जीवनभर विपरीत रह्यो।मार्क्स…
दीपेन्द्रजी ! कसरी भनुँ हार्दिक श्रद्धाञ्जली !
टंक पन्तजनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन म्यानेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन, तर सत्य हो उहाँ रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाादनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो किनकि अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा चिया खाँदासम्म कुनै संकेत पनि थिएन । बिहान घरमा खाने बेला भयो खाना पस्किँदै गर म बाथरुम गएर आउँछु भनेर बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो, तर्सिएलान् भनेर ढिलोढिलो गरी ढोका ढक्ढकाउँदै गर्दा…
जोगी कसरी भोगी भए ?
निकासखबर संवाददाताएकजना जोगी थिए । बनको बीचमा रुखको हाँगामा चमेरो झुण्डिँदा झैँ उल्टो झुण्डिएर बस्थे । केही नखाई, केही नपिई दशौं बर्ष देखि यसरी नै झुण्डिएका छन् भन्ने हल्ला थियो । भक्तजनहरुले थरी थरीको खाने कुरा लिएर जान्थे तर उनले कहिल्यै पनि खाएनन् । खाना नखाइ बाँच्ने यस्तो कुरा कसरी सम्भव भयो रु भनेर भक्तजनहरु अचम्भित थिए । भक्तजनहरुमध्ये एकजना सुन्दरी युवती थिइन् । उनलाई जोगीको यो रहस्य बुझ्न मन लाग्यो । राती सबै भक्तजनहरु आआफ्नो घर गए । युवती नजिकैको झाडीमा लुकेर बसीन । उनले अचम्म देखिन । सबैजना गएपछि रातीको बाह्र बजे तीर जोगी चाँही डोरीमा मच्चिँदा रहेछन् ।…
कन्सल्टेन्सीको खेती र कमिसनको जालो
कुमार दाहाल१९८० को दशकमा सार्वजनिक प्रशासन भित्र अर्थशास्त्र र प्रशासनलाई जोड्ने काम भयो। जसलाई नयाँ सार्वजनिक व्यवस्थापनको सिद्धान्तले चिनिन्छ। यो सिद्धान्तले सरकारको कार्यको समेत परिभाषित गर्यो। सरकारले आफुले गर्नेमात्र काम गर्ने र, निजी क्षेत्र सरकार जतिकै प्रभावकारी छ भन्ने मान्यता धेरै देशले लागू गरे। बेलायत, न्यूजिल्याण्ड, क्यानाडा, नर्वे लगायतका देशहरुले सरकारलाई नतिजामा केन्द्रिय गर्दा सुशासन प्राप्त गरे। यसले सरकारको प्रभावकारिता र निजी क्षेत्रको विश्वास सङसङै बढ्दै गयो। आज ति देशहरुमा सरकार ,निजी क्षेत्र र प्रशासनको अकर्मण्यताको भन्दा सफलताका विषयमा बढी चर्चा हुने गर्छ। तर नेपालमा यसको विपरीत छ। नयाँ सार्वजनिक व्यवस्थापन सँगै सरकारको कामको निजीकरण गरिएन। सम्पत्ति निजीकरण गरियो। यसपछि निजीक्षेत्रको…
प्रशासकहरु भित्र दबिएको विज्ञता
कुमार दाहालसंजय बारूद्वारा लिखित पुस्तक “The accidential prime minister ” मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगकाे यथार्थ चित्रण गरिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार हुन संजय बारू। पुस्तकले अन्य बिज्ञ सल्लाहकारको भुमिका, प्रतिपक्ष दलहरूको सोच र व्यवहारले पहिले देश, अनि मात्र नीति र राजनीतिक दल भन्ने विषय यथार्थमा भारतको उच्च राजनीतिक सोचलाई चित्रण गर्छ । प्रधानमन्त्री मनमोहन सिंहको सत्यनिष्ठा बुझ्ने कर्मचारितन्त्र आलोचनात्मक पनि छ। तर राजनीतिसँगकाे सम्बन्धमा कहिँकतै स्वार्थ देखिँदैन। राजनीतिसँग सोच हुन्छ। तथ्य कर्मचारीसँग । तथ्यले सोचलाई विश्लेषणात्मक बनाउँछ र रणनीतिक नतिजा ल्याउँछ। राजनीति र कर्मचारीको असल सम्बन्ध…