दृष्टिकोण
जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा
निकासखबर संवाददाताकाठमाडौं । पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्ने थिएन । जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा (एकता केन्द्र) को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि…
नेपालमा भ्रष्टाचारः कोही चोखो छ ?
निकासखबर संवाददातानेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ। अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ। निर्वाचन महँगो हुन्छ। पद्दती अस्थिर बन्छ। न्यायालय स्वतन्त्र हुँदैन् । कर्मचारीतन्त्र निरीह बन्छ । नेता, प्रशासक, व्यापारी, व्यवसायी ,समाज, पत्रकार ,कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्धतीको फाइदा लिन थाल्छन्। ती अवसर के के हुन सक्छन् । कस्ता कस्ता ठाउँमा अवसर छन् । अवसरलाई प्राप्त गर्ने औजारहरू के के हुन सक्छन् । ती विषयहरूलाई हेरौं । बजार बजारमा भ्रष्टाचार देखिँदैन। तर हुन्छ । बजार भ्रष्टचारको मुख्य स्रोत हो । व्यापारी, व्यवसायी, स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ।।यहीबाट भ्रष्टचारको सोच…
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
निकासखबर संवाददाता२०५औं मार्क्स जयन्ती दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेइनरिख मार्क्स एक वकिल थिए।उनी दार्शनिक कान्ट र भोल्टेयरप्रति समर्पित थिए।उनले प्रशियाको संविधानको लागि भएको आन्दोलनमा भाग पनि लिएका थिए।उनकी आमा हेनरिटा प्रिजबर्ग घरेलु कामदार थिइन्। १८२४ मा मार्क्सको परिवार यहूदी धर्मबाट ईसाई धर्ममा परिवर्तन भयो।यसपछि यहूदी धर्मको बारेमा मार्क्सको धारणा जीवनभर विपरीत रह्यो।मार्क्स…
दीपेन्द्रजी ! कसरी भनुँ हार्दिक श्रद्धाञ्जली !
टंक पन्तजनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन म्यानेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन, तर सत्य हो उहाँ रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाादनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो किनकि अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा चिया खाँदासम्म कुनै संकेत पनि थिएन । बिहान घरमा खाने बेला भयो खाना पस्किँदै गर म बाथरुम गएर आउँछु भनेर बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो, तर्सिएलान् भनेर ढिलोढिलो गरी ढोका ढक्ढकाउँदै गर्दा…
जोगी कसरी भोगी भए ?
निकासखबर संवाददाताएकजना जोगी थिए । बनको बीचमा रुखको हाँगामा चमेरो झुण्डिँदा झैँ उल्टो झुण्डिएर बस्थे । केही नखाई, केही नपिई दशौं बर्ष देखि यसरी नै झुण्डिएका छन् भन्ने हल्ला थियो । भक्तजनहरुले थरी थरीको खाने कुरा लिएर जान्थे तर उनले कहिल्यै पनि खाएनन् । खाना नखाइ बाँच्ने यस्तो कुरा कसरी सम्भव भयो रु भनेर भक्तजनहरु अचम्भित थिए । भक्तजनहरुमध्ये एकजना सुन्दरी युवती थिइन् । उनलाई जोगीको यो रहस्य बुझ्न मन लाग्यो । राती सबै भक्तजनहरु आआफ्नो घर गए । युवती नजिकैको झाडीमा लुकेर बसीन । उनले अचम्म देखिन । सबैजना गएपछि रातीको बाह्र बजे तीर जोगी चाँही डोरीमा मच्चिँदा रहेछन् ।…

