दृष्टिकोण

कन्सल्टेन्सीको खेती र कमिसनको जालो
कुमार दाहाल१९८० को दशकमा सार्वजनिक प्रशासन भित्र अर्थशास्त्र र प्रशासनलाई जोड्ने काम भयो। जसलाई नयाँ सार्वजनिक व्यवस्थापनको सिद्धान्तले चिनिन्छ। यो सिद्धान्तले सरकारको कार्यको समेत परिभाषित गर्यो। सरकारले आफुले गर्नेमात्र काम गर्ने र, निजी क्षेत्र सरकार जतिकै प्रभावकारी छ भन्ने मान्यता धेरै देशले लागू गरे। बेलायत, न्यूजिल्याण्ड, क्यानाडा, नर्वे लगायतका देशहरुले सरकारलाई नतिजामा केन्द्रिय गर्दा सुशासन प्राप्त गरे। यसले सरकारको प्रभावकारिता र निजी क्षेत्रको विश्वास सङसङै बढ्दै गयो। आज ति देशहरुमा सरकार ,निजी क्षेत्र र प्रशासनको अकर्मण्यताको भन्दा सफलताका विषयमा बढी चर्चा हुने गर्छ। तर नेपालमा यसको विपरीत छ। नयाँ सार्वजनिक व्यवस्थापन सँगै सरकारको कामको निजीकरण गरिएन। सम्पत्ति निजीकरण गरियो। यसपछि निजीक्षेत्रको…

प्रशासकहरु भित्र दबिएको विज्ञता
कुमार दाहालसंजय बारूद्वारा लिखित पुस्तक “The accidential prime minister ” मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगकाे यथार्थ चित्रण गरिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार हुन संजय बारू। पुस्तकले अन्य बिज्ञ सल्लाहकारको भुमिका, प्रतिपक्ष दलहरूको सोच र व्यवहारले पहिले देश, अनि मात्र नीति र राजनीतिक दल भन्ने विषय यथार्थमा भारतको उच्च राजनीतिक सोचलाई चित्रण गर्छ । प्रधानमन्त्री मनमोहन सिंहको सत्यनिष्ठा बुझ्ने कर्मचारितन्त्र आलोचनात्मक पनि छ। तर राजनीतिसँगकाे सम्बन्धमा कहिँकतै स्वार्थ देखिँदैन। राजनीतिसँग सोच हुन्छ। तथ्य कर्मचारीसँग । तथ्यले सोचलाई विश्लेषणात्मक बनाउँछ र रणनीतिक नतिजा ल्याउँछ। राजनीति र कर्मचारीको असल सम्बन्ध…

बिदेशी मुद्राको लाटो कुरो
निकासखबर संवाददाताहामीले बजारबाट नेपाली रुपियाँ तिरेर किनिरहेका अधिकांश वस्तुहरु बिदेशी मुद्रा तिरेर आयात गरिएको हो । चामल, दाल, नून, तेल, खुर्सानी, जिरा, मरिच, साइकल, मोटरसाइकल, कार, हवाइजहाज, रेड लेभल, ब्ल्याक लेभल, ब्लु लेभल, मोबाइल, घडी, क्यामेरा, कम्प्युटर, सुन, चाँदी, हिरा जवाहरात आदि कुरा बिदेशी मुद्रा तिरेर आयात गरिएको हुन्छ । तर देशमा भित्रिने बिदेशी मुद्राको स्रोत सिमित छ । यसको मुख्य स्रोत भनेको हाम्रा युवा युवतीहरुले खाडिको पचपन्न डिग्री सेल्सियस को तातो बालुवामा पाइताला पोलेर कमाएर स्वदेशमा पठाएको बिदेशी मुद्रा नै प्रमुख हो । देश श्रीलङ्का वा पाकिस्तान जस्तो बन्ने भनेको यस्तो बहुमूल्य बिदेशी मुद्रा खर्च गर्दा जनताले बिचार नपुर्याउनाले र…

म, जनयुद्ध र जनयुद्धसंग मेरो साइनो
रोहित दहालसाँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला । म त्यतिबेला आई. ए. मा पढ्दै थिएँ र बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस जाने गर्थें । “को छ घरमा ?” उनीहरुले बोलाए । म घरको भुइँतले कोठाबाट बाहिर निस्किएँ । एकजना गोरे गोरे अनुहारको अग्लो र अर्को कालो वर्णको अलि होचो मानिस थिए । उनीहरुले असल स्वभावको बिद्यार्थीको खोजी गर्दै आएको बताउँदै चितवनमा हुने एउटा कार्यक्रममा प्रतिनिधित्व गर्न जानुपर्ने आग्रह गरे । उनीहरुले…

एमसीसी र नेपाली सार्वभौमिकताको प्रश्न
निकासखबर संवाददाताकाठमाडाैं, ६ असार । आम जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित सम्सदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ । संसदको अंकगणितिय खेल, नेकपा एमालेको मौनता जस्ता कारणले हामी भु-राजनीतिको सवालमा छिमेकीहरुका माझ पक्षघातले थलिएको एउटा कठपुतली र सुदुर देशको आहारामा निर्भर हुनुपर्ने पन्छी बन्ने अवस्था सिर्जना भएको छ । उक्त सम्झौतामा श्रृङखलाबद्द रुपमा धेरै नै विवादास्पद बुँदाहरु रहेका छन् र हाम्रो घरेलु कानुनमाथी हावी हुन पुगेको छ । कुनै पनि…