संघीय खबर

एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्। एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका हुन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका छन् । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन ।…

महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयनः शुभद्रा आले
निकासखबर संवाददाता

काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई०बाट सेवानिवृत्त…

माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । पार्टीमा अध्यक्षबाहेक बाँकी रहेका सबै पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो । माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधीकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पदाधीकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भएको उनको भनाइ छ । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् । उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।

आज सुखानी शहीद स्मृति दिवस
निकासखबर संवाददाता

काठमाण्डाै । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनको ४९ वर्ष पसरा भएको हो । झामा यसवा कम्युनिष्टहले गरको २०२८ को आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो । त्यही…