संघीय खबर

रवि लामिछाने सहित एकदर्जनबढी पत्रकार र मिडियाविरुद्ध विद्यार्थी नेता अवस्थीले दिए उजुरी
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता हेमराज अवस्थीले केहि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध उजुरी दिएका छन् । आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध उजुरी दिएका हुन् । उनले पूर्वसचिव भीम उपाध्यायसहित पत्रकार रवि लामिछाने, अलि त्रिपाठी समर्थक ग्रुप, हेमराज थापा सर्मथक ग्रुप, रामा ओली, आशिका तामाङ, शिक्षा, पावर थिङकिङ्ग, डेली नेपाल लगायतका ग्रुप सञ्चालक विरुद्ध ब्यूरोमा उजुरी दिएका छन् । नेता अवस्थीले सबैलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ५३ बमोजिम कारबाहीसहित आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । एमसीसी सम्झौता विरुद्ध फागुन १२ गते विप्लव…

एमसीसीबारे माओवादीका चार नेताले राखे लिखित असहमति
निकासखबर संवाददाता

  काठमाडौं  । शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।  माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ ।  व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ । ‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक…

माओवादी केन्द्र बैठकः एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग
निकासखबर संवाददाता

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस १३१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो । ‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य…

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने
निकासखबर संवाददाता

काठमाडौं, फागुन २० गते । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ । नेकपा एकीकृत समाजवादीका उदया शर्मा…

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
निकासखबर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुन लागेको हो । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना…