मुख्य खबर
मदन भण्डारी राजमार्गमा मानव कंकाल भेटियो
निकासखबर संवाददाताइलाम । कोशी प्रदेशको इलाम जिल्ला अन्तर्गत रोङ गाउँपालिकामा जनयुद्धका सहिद तुलसी प्रधान (जीवन) को मानव कंकाल भेटिएको छ । गाउँपालिकाको वडा नं. २ झटारेमा मदन भण्डारी राजमार्ग अन्तर्गत सानो नेते खोलामा पक्कि पुल बनाउने क्रममा उक्त कंकाल भेटिएको हो । तत्कालिन शान्तिपुर गाविस ७ का २८ वर्षीय तुलसी प्रधानलाई ०६१ साउन ६ गते विहान ४ बजे आफ्नै घरमा सुतेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएकोमा दिउँसो ३ बजे झापा जिल्ला खुदुनावारी गाविस – १ साधुटारमा सुरक्षा कारवाहीका क्रममा हत्या गरेको थियो । सहादतको समयमा प्रधान किराँत स्वायत्त जिल्ला जनसरकारमा सैन्य विभाग प्रमुख थिए । कोशी प्रदेश सरकारले उक्त कंकाललाई सहिद तुलसी…
संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौंः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन साेमबारदेखी शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने बन्दसत्र भने क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे । शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख…
अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनायोः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनाएकाे बताएका छन् । माओवादीनिकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको र यही फेसलाले आफुहरुलाई एक हुन प्रेरित गरेकेा बताउँदै छिटै माओवादी घटकहरु एकै ठाउँमा आउने बताए । अदालतकाे फैसलाका कारण विस्तृत शान्ति सम्झौता भन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीमाथि नै केही होला कि भन्ने तरङ्ग र चिन्ता पैदा भएकाे भए पनि आफु बिल्कुल चिन्तित नभएकाे बताए । फैसलाले आफुहरुलाइ सहयोग गरेकाे र विभाजित माओवादीहरुलाई एकै ठाउँमा आउँ भन्ने आदेश दिए जस्तो आँफुले बुझेकाे उनले बताए…
अर्थतन्त्रका सूचक सुधार्दै आर्थिक गतिविधि चलायमान बनाउन केन्द्रीत छौं : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने र अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकार केन्द्रीत भएको बताएका छन् । आज(आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधरणसभालाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको समेत उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने–‘आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको छ । अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक…
ठुलो मान्छेले काम गर्नै हुन्न भन्ने मानसिकता भत्काउनुपर्छ: पर्यटन मन्त्री सुदन किराँती
निकासखबर संवाददाताकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गरे । आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश…

