मुख्य खबर

माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीतः उपाध्यक्ष सापकोटा
निकासखबर संवाददाता

जनकपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् । शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् । उनले भने – ‘यो मुद्दाको कुरा २०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ । त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ ।…

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता प्रकाण्डसमेत रहेका थिए।

प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिट खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । क्रान्तिकारी केन्द्रीय समितिले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका् हो । जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धको नेतृत्वकर्ताको हैसियतले युद्धका क्रममा माओवादी पक्षबाट भएका क्षतिको जिम्मा आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर सर्वोच्चमा उनीविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । माओवादीले भने यस्ता मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा टुंग्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभारः मन्त्री शर्मा
निकासखबर संवाददाता

धादिङ  । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएकी छन् । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन  उद्घाटन गर्दै उहाँले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् । अघिल्लो संसदमा बिधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माले बताइन्। शान्ति प्रक्रिया टुंगोमा नपुग्दा…

सर्वोच्चमा प्रचण्ड’ विरुद्धको रिट दर्ता हुँदै
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो । अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।