मुख्य खबर
विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीकाे निर्देशन
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।” यस्तो छ प्रधानमन्त्रीको बुँदागत निर्देशन…
समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिएका छन् । निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णय अनुसार क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि मन्त्रालयले बुधबार देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । परिपत्रमा लेखिएको छ, “निजामती सेवा लगायतका समग्र सार्वजनिक सेवा प्रवेशका लागि प्रतिष्पर्धात्मक क्षमता अभिवृद्ध गर्न महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक…
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
निकासखबर संवाददाताकाठमाडौं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको…
सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्छः कर्णजीत बुढा
निकासखबर संवाददाताकाठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकोले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए । उनले माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका बताए । बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो…
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…

