प्रदेश खबर

दुई दिने शिशुसहित एकै परिवारका पाँचजनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । घाइते अवस्थामा भेटिएका सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। प्रहरीका अनुसार आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् भने काइली, सुयासकी आमा हुन् । । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान…

सोलुखुम्बुको नक्चुङ सामुदायिक वनमा आगलागी
निकासखबर संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिए । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।  आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने…

कांग्रेस अछामा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै
निकासखबर संवाददाता

अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो । सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भए भए पनि असफल भए पछि पुनःमतदान गर्न लागिएको कांग्रेस अछामले जनाएको छ । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको छ। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा
निकासखबर संवाददाता

झापा। संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले…

सेवाबाट निकालिए दुई पालिका प्रहरी 
निकासखबर संवाददाता

खोटाङ ।   खोटाङको ऐसेलुखर्क गाउँपालिकाले  कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई पालिका गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ । तीन जना गाउँ प्रहरी भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो ।  रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ । गाउँ प्रहरीले…