प्रदेश खबर

शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी परे पक्राउ
निकासखबर संवाददाता

खोटाङ । खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्ने एक विद्यार्थी पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्नमा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेका हुन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले बुधवार शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका थिए । शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङबजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका…

स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै
निकासखबर संवाददाता

विराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन्  । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना र नजिकका ब्यक्तिलाई मात्र टिकट दिने र महिलासँधै हार्ने क्षेत्रमा मात्र पर्ने भएकोले सबै दलहरुले हरेक पालिकाको एउटा वडालाई नमुना बनाई वडामा अध्यक्षदेखि सबै पदहरुमा महिलालाई मात्र उठाउने वतावरण बनाउन आग्रह गरेका हुन् ।  दलको भातृ संगठनको रुपमा रहेका महिला संघहरुमा आबद्ध भएका महिला नेतृहरुले महिला संघहरु मार्फत पनि दवाव…

भ्रममा नपर्न नोबेल मेडिकल कलेजको आग्रह
निकासखबर संवाददाता

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह…

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु
निकासखबर संवाददाता

संखुवासभा । संखुवासभामा बस दुर्घटना भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको हो । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण संकलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी…

चैतभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने तयारी
निकासखबर संवाददाता

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए। गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम…