संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

निकासखबर संवाददाता

संखुवासभा । संखुवासभामा बस दुर्घटना भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको हो ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण संकलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

मा प्रकाशित