प्रदेश खबर

मलंगवामा गोली चल्यो, एक जना घाइते
निकासखबर संवाददाता

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।  बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । गोली चले लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।  गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।  घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

हेटौंडामा एमाले नेता एकीकृत समाजवादीमा प्रवेश
निकासखबर संवाददाता

हेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका-१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द…

माओवादीले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो
निकासखबर संवाददाता

स्याङ्जा । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले आँधिखोला गाउँपालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।  पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो । ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य हुन् ।  आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

प्रचण्ड गृह जिल्ला चितवनमा जाँदैः धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म
निकासखबर संवाददाता

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका(२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् । लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर(२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ ।…

तनहुँमा बालिका बेपत्ता
निकासखबर संवाददाता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता भएकी हुन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।