माओवादीले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो

निकासखबर संवाददाता

स्याङ्जा । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले आँधिखोला गाउँपालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।  पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।

ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य हुन् ।  आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

मा प्रकाशित