प्रदेश खबर

ओली मधेश विरोधी हुन्ः प्रचण्ड
निकासखबर संवाददाता

सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए । अहिले पनि राजावादी शक्तिहरु एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए । केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिगामीहरु संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे । ‘अहिले…

पत्रकार महासंघ प्रदेश १ द्वारा ११ बुँदे घोषणपत्र जारी
निकासखबर संवाददाता

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेशस्तरीय भेलाले विभिन्न ११ बुँदे घोषणपत्र जारी गरेको छ । विराटनगरमा बिहीबार सम्पन्न भेलाले ११ बुँदे घेषणपत्र जारी गरेको हो । कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत सञ्चारगृहलाई दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको निकायसमक्ष माग गरेको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले जानकारी दिए । प्रेस तथा अभिव्यक्तितर्फ तीन तहमा बन्दै गरेका र बनेका विभिन्न कानुनबारे भेलामा समीक्षा भएको बताएका अध्यक्ष घिमिरेले कानुन निर्माण गर्दा मुलुकको संविधान, आमसञ्चार…

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
निकासखबर संवाददाता

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए । संयन्त्रले गठबन्धन दलबीच आवश्यक…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अपेक्षा धेरै, उपलब्धि न्यून
निकासखबर संवाददाता

खोटाङ । २०७४ साल असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार दिपनारायण रिजाल र उपमेयरमा बिणादेवी राई निर्वाचित भए । पहिलोपल्ट कार्यान्वयनमा ल्याइएको संघीयता र चुनावमा बाँडिएको आश्वासनले नगरपालिकाप्रति सर्वसाधारणको अपेक्षा उच्च थियो । नगरको नारा नै ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरस् दिक्तेल रुमवासीको रहर’ तय भयो । तर, नगरपालिकाको पाँच वर्षे कार्यकाल बित्न लाग्दा नागरिकको थोरै अपेक्षा पुरा भए, धेरै अपेक्षा अधुरै छन् । १५ वडा रहेको नगरपालिकामा अहिले अपेक्षित ‘विकास भए’ भन्ने र ‘विकास भएनन्’ भन्ने पक्षको दोहोरी चल्ने गरेकोछ । विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने…

सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड
निकासखबर संवाददाता

सिरहा । जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा आउने भएका छन् ।  सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । उनी आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए ।  उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन पनि गर्नेछन् । सहिद साहकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर छिन् ।