सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड

निकासखबर संवाददाता

सिरहा । जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा आउने भएका छन् ।  सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् ।

उनी आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए ।  उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन पनि गर्नेछन् । सहिद साहकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर छिन् ।

मा प्रकाशित