प्रदेश खबर

आगलागीमा परेर बारामा एकै परिवारका चार जना घाइते
निकासखबर संवाददाता

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका १ च्युटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन्। लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ। सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए। आगलागीबाट घर पूर्णरुपमा…

अन्ततः काठमाडाैंबाटै पक्राउ परे रायमाझी
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अन्यत्रबाट पक्राउ परेर फरार भएका भन्ने विभिन्न समाचार प्रकाशत तथा प्रसारण भएका भए पनि अन्ततः रायमाझीलाइ काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय उच्च स्रोतकाे भनाइ छ । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको…

सडक अलपत्र पारेपछि सांसद ठेकेदार बिरुद्ध प्रदर्शन
निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोनलमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबरसहितको तस्बिरको ब्यानर बोकेर सांकेतिक रुपमा विरोध गरेका हुन् । आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५…

मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी
निकासखबर संवाददाता

खोटाङ। खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईविरुद्ध यौन दुर्व्यहारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। उक्त फाउन्डेसनमा बसेर बाहिरि सकेकी किशोरीले उनी विरुद्ध जाहेरी दिएकी हुन । १६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । आरोपी राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्नो गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउनेलगायत आरोप लगाएकी छन्। मदनले…

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
डम्मर बुढामगर / रासस

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ । बागलुङ बजारबाट…