अर्थ–बित्त

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा
निकासखबर संवाददाता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर पछीको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहिबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्सकम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अबस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ र ०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९ र ०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०।३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले बताएको छ…

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छः मन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनले बताए ।र उक्त खण्डको स्थलगत अनुगमनमा निस्कोका उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारसँगको कुराकानीका क्रममा सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको र केही समस्या रहेका भए पनि समाधान निकालिसकिएको बताए । केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको शताउँदै उनले केही चौकी हटाइसकिएकोले अब छिट्टै काम सुरु गर्ने बताए । चिनियाँ…

नेप्से परिसूचकमा पहिरो, ५७ दशमलव ७४ अङ्कले ओरालो
निकासखबर संवाददाता

काठमाडाैं । लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै…

धान भित्र्याउने बेलासम्म नै लाग्दै लागेन बाला
स्याङ्जा, १४ कात्तिक, २०७९ । निकासखबर संवाददाता

धान पाकेर भित्र्याउने बेलासम्म पनि बोटमा दाना नलागेपछि जिल्लाका किसानमाझ चिन्ता फैलिएको छ । जिल्लाकै वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलाग्दा किसान निराश बनेका हुन् । विगत दुई वर्षदेखि स्थानीय एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ ल्याएरु लगाउँदै आएका कृषक टेकप्रसाद डुम्रेले अरु बेला उत्पादन राम्रो भए पनि यस वर्ष धानमा दानै नलागेको बताए । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ के भयो–भयो’ उनले भने ‘पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’ सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नलागेपछि मानो खाएर…

कस्तो छ आ.व. २०७९/८० को बजेट ? (पूर्णपाठ)
निकासखबर संवाददाता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश तथा स्थानीयतर्फ वित्त हस्तान्तरणमा ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४…