अर्थ–बित्त
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी
निकासखबर संवाददाताकाठमाडौं। मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिए । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे…
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अपेक्षा धेरै, उपलब्धि न्यून
निकासखबर संवाददाताखोटाङ । २०७४ साल असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार दिपनारायण रिजाल र उपमेयरमा बिणादेवी राई निर्वाचित भए । पहिलोपल्ट कार्यान्वयनमा ल्याइएको संघीयता र चुनावमा बाँडिएको आश्वासनले नगरपालिकाप्रति सर्वसाधारणको अपेक्षा उच्च थियो । नगरको नारा नै ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरस् दिक्तेल रुमवासीको रहर’ तय भयो । तर, नगरपालिकाको पाँच वर्षे कार्यकाल बित्न लाग्दा नागरिकको थोरै अपेक्षा पुरा भए, धेरै अपेक्षा अधुरै छन् । १५ वडा रहेको नगरपालिकामा अहिले अपेक्षित ‘विकास भए’ भन्ने र ‘विकास भएनन्’ भन्ने पक्षको दोहोरी चल्ने गरेकोछ । विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने…
नेपाल टेलिकममा कर्मचारीहरु आन्दोलित
निकासखबर संवाददाताकाठमाडौं । नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उहाँले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका…
डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्री
निकासखबर संवाददाताकाठमाडौं । काठमाडौ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भटिएको छ । सोमबार जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन् । अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केहि उपभोग्य सामाग्रीहरुको म्याद गुर्जिएको फेला परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए । पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र…
अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइन्छः ऊर्जामन्त्री भुसाल
निकासखबर संवाददाताकाठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको बताउँदै मन्त्री भुसालले संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उहाँले बताईन् । मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतिय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पद्धार्थको विकल्पका…