अर्थ–बित्त

वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेकाछन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् । बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँ सम्म सेवाविस्तार गरेर जन अपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकटहलहुने धारणा राखेकाहुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको…

मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा किसानको प्रदर्शन
निकासखबर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् । बुधवार काठमाडौंको माईतीघर मण्डलामा रासायनिक मलखादको  मस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए । उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए । किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको उनको भनाइ छ ।  यो आन्दोलन सातै प्रदेशमा गर्ने…

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन
निकासखबर संवाददाता

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने गरी काम भइरहेको बताए । ‘सबै नेपालीको घरमा विद्युत् पुर्याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम…

जग्गा वर्गीकरण नहुँदा पर्वतमा जग्गा कारोबार ठप्प
निकासखबर संवाददाता

पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । जिल्लामा कतिपय स्थानीयतहले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही स्थानीयतहले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सबै सात सय…

ग्राहकसँग करोडौँ पैसा सापटी लिएर शाखा प्रुमुख सम्पर्क विहीन
निकासखबर संवाददाता

खोटाङ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा सम्पर्क विहीन भएका छन् । उनी ग्राहकसँग करोडौँ पैसा सापटी लिएर सम्पर्क विहीन भएका हुन् । उनले प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी…