अर्थ–बित्त

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब
निकासखबर संवाददाता

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् । अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । ‘साढे २ लाखदेखि ३ लाख…

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं ।  कृषि विकास बैंक द्धारा रोल्पाको गंगादेवमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न् गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा कृषिविकास बैकले ग्लोवल मनी विक चैत्र ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा मनाएका हो । यस कार्यक्रम अन्र्तगत बैंकले विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थी, स्थानीय युवा क्लव तथा महिला समुह, किसान तथा उद्यमीहरुलाई लक्षित गरेर  सञ्चालन गरि रहेको छ । प्रत्येक प्रदेश कार्यालयहरुमा ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बैकले कार्यक्रमको शुरुको दिन रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरु, युवा तथा…

नेपाल लाइफकाे सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमाकम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  आजमिति २०७९ साल चैत्र ०९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरेका थिए । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले नेपाललाइफ सुनौलोभविष्यजीवनबीमा…

इटालीसँग व्यापारघाटा कम गर्न प्रभावकारी आर्थिक कूटनीति जरुरी
निकासखबर संवाददाता

काठमाडौं । युरोपेली मुलुक इटालीसँग नेपालको व्यापारघाटा कम गर्दै नेपाली वस्तुको निकासी बढाउन आर्थिक कुटनीति बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा इटालीको दूतावास नभएको र इटालीमा पनि नेपाली दूतावास नभएकाले द्विपक्षीय व्यापारमा नेपालले अपेक्षित लाभ लिन नसकेको उनीहरुको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार हाल इटालीसँग नेपालको वार्षिक २ अर्ब ५६ करोड ६४ लाख बराबरको व्यापारघाटा रहेको छ । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारत, चीन लगायतका देशसँगको तुलनामा इटालीसँगको व्यापारघाटा अनुपात कम भए पनि यसमा सन्तुष्ट हुन नसकिने धारणा राखे…

आगामी वर्ष बैंक कति दिन बन्द हुन्छ ? सूचिसहित
निकासखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंक विदाको सुची सार्वजनिक गरेको हो । जसअनुसार बैंकले शनिवार बाहेक ३५ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८० सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो । राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने…