वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेकाछन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् ।

बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँ सम्म सेवाविस्तार गरेर जन अपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकटहलहुने धारणा राखेकाहुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको बताउँदै भने,“हेर्दा १७÷१८ प्रतिशत देखाएपनि ब्याजमा स्याज गरेर वास्तविक रुपमा ४० देखि ४५ प्रतिशत सम्म असुल्ने गरेका कारण जनतालाई घरबार विहिनहुँदै अत्महत्या गर्न बाध्य बनाउने यस्ता लुटेराहरुलाई लखेट्नु पर्छ ।” ‘यस्तो किसमको लुटपाट बन्द गरिनुपर्छ, अन्यथा निकट भविष्यमा हामीलाई वित्तिय दलालहरु विरुद्ध कठोर बन्न बाध्यन बनाइयोस ।’ उनले चेतावनी दिए ।

सरकारी ३ बैंकहरुलाई जनताको हितमा हुनेगरी ५ प्रतिशत भन्दा बढी ब्याज नबढाई ऋण दिँदा उद्यम पनि चल्ने र सावाँ ब्याज सहित फिर्ता हुने अनि स्वदेशमै रोजगारीको सिर्जना भई देशको अर्थतन्त्र पनि बलियो हुने उनको जिकिर छ । उनले बलामी जस्ता इमान्दार क्रान्तिकारी योद्धाहरुको सपना पूरा नहुनुमा व्यवस्था दोषी रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थाको लाडाइमा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।बास्तोलाले अहिलेको व्यवस्थाले राजनीतिक दलाल रभ्रष्टहरुकै सेवा गरेको बताउँदै सडकमा आउनु पर्ने बेला भएको बताए ।

“रामचन्द्र जस्ता हजारौं नागरिकहरु दलाल व्यवस्थाकै कारण मृत्युको मुखमा पर्नु परेको छ, युवाहरु विदेश पठाएर लाश बाकसमा ल्याउनु परेको छ । यस्तो अवस्था यो व्यवस्था रहेसम्म रहिरन्छ, त्यसविरुद्ध एकजुट भएर सडकमा उत्रिनुपर्छ” बास्तोलाले भने । उनले बलामीका छोराछोरीको पढाईमा सहयोग गर्ने, पुस्तक प्रकाशन गर्ने तथा बलामीको नाममा अक्षयकोष खडा गरेर इमान्दार र क्रान्ति प्रतिप्रतिबद्ध नेता तथा कार्यकर्ताहरुलाई पुरस्कारको व्यवस्थागर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले नेपालमा क्रान्तिगर्ने एकमात्र पार्टी बहुमत भएको भन्ने पूर्ण विश्वास लिएका नेता बलामीको देहान्तले अपूरणिय क्षति भएको बताए । बलामीले अरु पार्टीले नेपालको क्रान्तिलाई पूर्णता नदिएको भन्दै आफ्नो पार्टीमा समाहित भएको बताउँदै बास्तोलाले भने, “बलामीकमरेड हाम्रो पार्टीको सहि विचार र दृष्टिकोणभएकै आकर्षित हुनुभयो हो, मेरो बाँकी समय अब नेकपा (बहुमत)को माध्यमबाट क्रान्तिलाई सुम्पिन्छु भनेर लाग्नुभएको थियो ।”

त्यसै गरी नेकपा (बहुमत)काकार्यालय सदस्य दीपक चलाउनेले बलामीको राजनीतिक यात्राको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनका एक असल सिपाही भएको बताए । “बलामी कमरेडले २०३३/३४ बाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भयो, मालेबाट राजनीतिक यात्राको सुरु गर्नुभएको थियो, एमाले विभाजनमा फेरि मालेतिर लाग्नुभयो, नेकपा एकीकृत बन्दा मजदूर संगठनको अध्यक्ष, एकीकृत फेरि फुट्यो, उहाँ सीपी नेतृत्वको मालेतिर लाग्नुभयो । माले विचार र सिद्धान्तमा अस्पष्ट भएको भन्दै स्वतन्त्र बस्नु भयो । अहिले नेकपा (बहुमत)को विचार र कार्यदिशा सँग सहमत हुनु भयो” चलाउनेले भने । जीवनमा निकै संकट आउँदा पनि बलामीले कहिलै पनि लाभको अपेक्षा नगरेको चलाउनेले बताए ।

सो पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले दिवंगत बलामीको सरल जीवन शैली र सर्वहारा वर्गीय चरित्र अनुकरणिय भएको बताए । लोहनीले ६१ बर्षीय बलामी क्रान्तिकारी पार्टीको खोजीगर्दै बहुमतमा आउनु भएको र छोटो समयमा पार्टीलाई आफ्ना अनुभव सुम्पेर गएको बताए।

मा प्रकाशित