संघीय खबर

एमाले दाङमा पहिरो : बंगलाचुलीका सयभन्दा बढी नेता-कार्यकर्ताले पार्टी छाडे
निकासखबर संवाददाता

दाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले) कमजोर बन्दै गएको छ। आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन्। बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए। एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन्। गठबन्धनले नै मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने भएकाले आफूहरू पनि गठबन्धन दलमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका छन्। अब गठबन्धनका उम्मेदवारहरूलाई…

गोरखामा माओवादी अध्यक्ष प्रचण्डसहित ५६ को उम्मेदवारी
गोरखा, २६ असाेज, २०७९ । निकासखबर संवाददाता

गण्डकी प्रदेशको गोरखा जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसहित निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेतको उम्मेदवारी रहेकाले गोरखालाई निकै महत्वका साथ हेरिएको छ । आगामी मंसिर ४ मा तय भएको निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा…

निलम्बित प्रधानन्यायाधीशसँग बयान सकियो : के हुन्छ अब महाभियोग ?
रासस । काठमाडौं, २८ भदौ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संसदको महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । मंगलबार पाँचौं दिन समितिले ३५ देखि ४३ नम्बरसम्मका प्रश्नमा जवाफ लियो । समितिका प्रश्नको जवाफका क्रममा जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको जिकिर गरे । ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वानुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशबीच आपसमा मतभेद सिर्जना गर्ने काम भयो,’ उनले भने– ‘संसद् विघटनको फैसलालाई लिएर महाभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।’ बयानका क्रममा जबराले पटक–पटक आफूविरूद्ध विनाआधार महाभियोगको प्रस्ताव दर्ता गरिएको दावी गरिरहे । मंगलबारको बयानसँगै राणासँग पहिलो चरणको बयान लिने…

खोला ओगट्नेको लाइसेन्स सरकारले रद्द गर्छ : ऊर्जामन्त्री भुसाल
काठमाडाैं, १८ साउन, २०७९ । निकासखबर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छन् । ऊर्जा हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको भन्दै ऊर्जामन्त्री भुसालले स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको बताएकी हुन् । राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले…

विप्लव समूहका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश
निकासखबर संवाददाता

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी कन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव…