संघीय खबर

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।” प्रधानमन्त्रीले भने “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर…

कुवेतमा बेचिइन् दुबई पुर्‍याइएकी किशोरी
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको समेत उद्धार गर्ने प्रयास भइरहेको छ । भिजिट भिसामै मङ्सिर २६ मा दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकहरूमा पुर्‍याई जनही कम्तिमा पाँच लाख रुपैयाँमा बिक्री गरिएको खुलेको…

कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’ : सांसद्हरू नै अपराध काण्डमा
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ । अदालतबाटै दोषी ठहर भई ‘फरार सूची’ मा रहेका अर्का सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । चौधरी ४…

सत्ता पक्षमै दुई धार !
पत्रपत्रिका । काठमाडौं, १९ माघ, २०७९ ।

प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । सत्तारूढ दलमध्येकै एक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध मन्त्रीहरूले जथाभावी बोल्न नपाउने भन्दै ‘बोल्दा ध्यान दिन’ र उक्त कुरा ‘स्पष्टीकरणको विषय बन्ने’ चेतावनी दिएका थिए । सो विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरूबीच ‘जुहारी’…

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वर्षामान पुन विजयी
काठमाडाैं, ६ मंसिर, २०७९ । निकासखबर संवाददाता

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् । यसअघि पनि विसं २०७४ को निर्वाचनमा समेत उनी सोही जिल्लाबाट निर्वाचित भएका थिए । संसदीय राजनीतिमा उनको यो तेस्रो पटकको जित हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा रोल्पाली नेता पुनले ललितपुर क्षेत्र नं १ बाट जित हासिल गरेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुन सत्तारुढ गठबन्धनकोतर्फबाट साझा उम्मेदवारका रुपमा ४१ हजार ७ सय १४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त पाएका थिए । २५…