संघीय खबर

जनयुद्धकालीन घटनालाई अपराधीकरण गर्न खोजिए सह्य हुने छैन : सचिव आचार्य
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धकालीन घटनालाई लिएर अपराधीकरण गर्न खोजिए सह्य नहुने टिप्पणी गरेका छन् । माओवादी घटकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आचार्यले यस्ताे बताएका हुन् । उनले  जनयुद्धकालीन सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनु पर्ने बताए । ‘राज्यले जनयुद्धमा लागेका व्यक्तिलाई पक्राउ गर्ने जेल हाल्ने गर्दै छ । जो परिवर्तन ल्याउन लड्यो त्यसलाई पक्राउ गर्ने कार्य निन्दनीय छ’ आचार्यले भने,‘सरकारले जनयुद्धकालीन घटनालाई लिएर पक्राउ गर्ने धरपकट गर्ने कार्य रोकेर यस्ता विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याउनुपर्छ ।’ देशी विदेशी प्रतिक्र्रियावादीहरु जनयुद्धलाई अपराधीकरण लागेको भन्दै आचार्यले आपत्ति जनाए ।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएकमाक छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । “त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आआफ्नो…

डिस्चार्ज भए राष्ट्रपति पौडेल
निकासखबर संवाददाता

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज भएकमा छन् । चैत १८ गते साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना भएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएकमा हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्र पूर्ण रूपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । प्रधानमन्त्री प्रचण्डले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए । प्रधानमन्त्री…

सरकार दौडिन छाडेर तुना बानेर बस्यो : गगन थापा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताएका हुन् । ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर, सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्छ।’ यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको आराेप…