संघीय खबर

मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्छः मन्त्री शर्मा 
निकासखबर संवाददाता

लुम्बिनी  । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्ने बताएकी छन् ।  नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उहाँले सन्चार क्षेत्रमा समावेशिताको अभ्यास बढाउनुपर्ने बताएकी हुन् । सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, लिंग, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी मिडिया क्षेत्रसँग सम्बन्धित निकाय र मिडियाबाट प्रकाशन प्रसारण हुने सामग्रीमा समावेशिताको स्वरुप झल्किनु आवश्यक रहेको उनले बताइन् । यतिबेला नेपाल विविधखाले संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई जनताको जीवनसँग जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले…

मन्त्रालय बाँडफाँड टुंगीयो, कुन पार्टीको कोको मन्त्री बन्दै ?
निकासखबर संवाददाता

काठमाडौं । सत्ता साझेदार दलमा प्राय सबै मन्त्रालय बाँडफाँड टुंगीएकाे छ । अब  ५ मन्त्रालयमा मन्त्रीकाे नाम टुंगीए सँगै  सबै मन्त्रालयमा मन्त्रीकाे नाम समेत टुंगीएकाे हाे । शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा  पाँच मन्त्रालयको विषयमा भने टुंगाे नलागेकाे प्रधानमन्त्रीकाे सचिवालय स्राेतले जनाएकाे छ । हाल सम्म टुंगाे नलागेका मन्त्रालयहरुमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ।   अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् ।…

उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत नियुक्त
निकासखबर संवाददाता

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते…

संघीय व्यवस्थाले छिट्टै नयाँ फड्को मार्छः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण भई परिवर्तन र सामाजिक रुपान्तरणका मुद्दा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरूप संघीय र प्रादेशिक ऐनहरु निर्माण हुने क्रम जारी नै रहेको बताए । उनले संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको सही विन्यास गर्न संघीय कानुनहरु यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताए। उनले कतिपय संघीय कानूनहरु समेत…

यो सरकार ५ वर्ष नै टिक्ने प्रधानमन्त्री प्रचण्डकाे विश्वास
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’ यसअघि बोल्ने क्रममा महानगर प्रमुख बालेन साहले संघीय सरकार अस्थिर भइरहँदा स्थानीय सरकारले दीर्घकालीन काम गर्न नसकेको गुनासो गरेका थिए। त्यसक्रममा मेयर साहले प्रधानमन्त्री प्रचण्डप्रति…