विदेशी खबर

सिरियामाथि इजरायलको आक्रमण
निकासखबर संवाददाताइजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ जसका कारण यो अब सेवामा छैन । स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो । सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ । इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको…

अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
निकासखबर संवाददाताअमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् । वाइडेनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन…

अब ट्वीटरमा अडियो र भिडियो कल गर्न सकिने
निकासखबर संवाददाताएलन मस्कले ट्वीटर (एक्स) मा अडियो र भिडियो कल गर्न मिल्ने सुविधा थप्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । ट्वीटरका प्रमुख मस्कले ट्वीटरमा लेख्दै फोन नम्बर नै आवश्यक नपर्ने गरी यस्तो सुविधा प्राप्त हुने जनाएका छन् । जुन विशेषता विशेष रहेको समेत उनले जनाएका छन् । ट्वीटरलाई परिवर्तन गरेर एक्सका रुपमा यसमा काम गरिरहँदा मस्कले नयाँ नयाँ सुविधाहरू पनि थप्दै लगिरहेका छन्। टेक्स्ड बेस्ट सामाजिक सञ्जालका रुपमा चिनिएको माध्यमलाई व्यापक बनाउँदै मस्कले अडियो भिडियो कल गर्न मिल्ने अवस्थासम्म लग्न लागेका हुन्। त्यसका लागि आवश्यक तयारी र परीक्षणहरू भइसकेको छ । ट्वीटर डीएम फिडको दाहिनेतिर माथिल्लो भागमा दिइने कल संकेतमा…

इराकमा ३०० जनाभन्दा बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
काठमाडौं, १२ भदौ २०८० ।सन २०१६ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा इराकले तीन जनलाई मृत्युदण्डको सजाय दिएको छ । बगदादमा भएको सो बक विस्फोटमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटना सन २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछिको सबैभन्दा घातक विस्फोट थियो । इस्लामिक स्टेट (आईएस) ले सो घटनाको जिम्मेवारी लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम भने खुलाएको छैन । कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नलाई उचित कारवाही गरिएको जनाएको छ । समाचार एजेन्सी एएफपीका अनुसार मृत्युदण्ड दिइएका मध्येमा घटनाका मुख्य योजनाकार मानिएका गजवान अल जवाई पनि रहेका छन । उनीलाई सन २०२१ मा…

भारतीय प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
निकासखबर संवाददातानयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी ९बिजेपी०को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् । विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहो¥याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्…