विदेशी खबर

रुसले भाडाका विदेशी लडाकु भर्ती गर्न थाल्यो
निकासखबर संवाददाताकाठमाडौं । मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ । युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् । तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन् । युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन् ।

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानीमै बिस्फोटका आवाज
निकासखबर संवाददाताएजेन्सी । युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम)ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् । तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

उत्तर कोरियाको मिसाइल प्रक्षेपणले जापानलाई चिन्ता
reporterजापान | जापानी प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन्। उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्रधानमन्त्री किशिदाले जापानले आफ्नो सतर्कता र निगरानीलाई तीव्रता दिइरहेको र जानकारी सङ्कलन र विश्लेषण गर्न थप सक्दो प्रयास गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिइएको पनि बताए । उनले ती सूचना जनतालाई छिटो र सही रूपमा उपलब्ध गराउन आफूले भनेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीले अधिकारीहरूलाई विमान र जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि प्रकारको कार्यक्रमको लागि तयारी गर्न…