प्रदेश खबर

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी
निकासखबर संवाददाता

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। जनप्रतिनिधि आएपछि जिल्ला सबैभन्दा विवादित यो गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा तालाबन्दी भएको हो । नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए । कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनको भनाइ छ । अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष…

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित
निकासखबर संवाददाता

बैतडी ।बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई नेकपा (एमााले) ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । मंगलबार एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । ‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको…

अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान
निकासखबर संवाददाता

 झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगरपालिका भित्रका अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान गरको छ । नगरपालिकाले ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिका भित्र रहेका अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरेको हो । यस अघि कसैले पनि सम्मान नगरेको हामीलाई पहिलोपटक अर्जुनधारा नगरपालिकाबाट सम्मान पाउँदा धेरै खुशी भएको वैवाहिक वर्षगाँठको ३९औं वसन्त पार गरेका धनबहादुरले बताए । नगरपालिकाले अन्तरजातिय विवाह गर्ने दम्पत्तीलाई छनौट गरि सुरु गरेको सम्मान कार्यक्रम राम्रो भएको र यसले निरन्तरता पाउनुपर्ने अर्जुनधारा–८ निवासी ३५ वर्षीय निरज रसाइलीले बताए । त्यसैगरी अन्य सम्मानित दम्पत्तीहरुमा अर्जुनधारा–२ निवासी योगेन्द्र दर्जी र इन्द्रमाया तामाङ, अर्जुनधारा–३ निवासी कल्पना गहतराज, अर्जुनधारा–६ निवासी वृहस्पति वि.क….

श्रमिक दिवसको अवसर पारेर महिला फुटबल संघकी अध्यक्षलाई सम्मान
निकासखबर संवाददाता

झापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो । देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । आयोजकले आज मंगलबार महिला दर्शकलाई…

तरकारी खेतको टहरोमा भेटीएको महिलाको शवको पहिचान खुल्यो
निकासखबर संवाददाता

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव काभ्रेको नमोबुद्ध–९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमानले उनको सनाखत गरेका भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले बताए । तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटी अगाडि गहिरो चोट रहेको छ । शरिरका अन्य विभिन्न भागमा पनि चोट रहेको डीएसपी पाण्डेले बताए । प्रहरीले आइतबार बिहानको समयमा नगरकोटीको हत्या भएको हुन…