खेलकुद खबर

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
काठमाडौं, ६ असोज २०८० ।

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमध्ये महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्य श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया पनि निर्विरोध चयन भएका हुन् । त्यस्तै कोशीबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधवकुमार कर्मचार्य विजयी, गण्डकीबाट सुदीप शर्मा, बागमतीमा दिवाकर घले र सुदुरपश्चिमबाट विक्रम विष्ट विजयी भए । खुल्ला…

नेपालको शानदार ब्याटिङ, भारतलाई दियो २३१ रनको लक्ष्य
काठमाडौ, १८ भदौ २०८० ।

एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए ।  उनले ९७ बलमा ८ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का…

एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो, अंक बाँडियो
काठमाडौ, १६ भदौ २०८० ।

एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणले रद्द भएको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १/१ अंक बाँडेका छन । सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका हुन् । पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम…

यी १५ स्थानमा एसिया कप निशुल्क हेर्न पाइने
काठमाडौं, १३ भदौ २०८० ।

इन्टरनेट सेवा प्रदायक वल्डलिंकले देशका विभिन्न १५ स्थानमा एसिया कपमा नेपालका खेलहरु निशुल्क देखाउने भएको छ । क्रिकेट संघ क्यानको कनेक्टिभिटी पार्टनरको रुपमा रहेको वल्र्डलिंकले १५ स्थानमा निशुल्क रुपमा खेल देखाउने तयारी गरेको हो । वल्डलिंकका अनुसार आज भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल तथा भदौ १८ गते नेपाल र भारतबीचको खेल देखाइने छ । वल्डलिंकले विर्तामोडमा हनुमान कम्प्लेक्स, दमकमा डिएमएक्स सिनेमा, विराटनगरमा सेन्ट्रल मलको छेउमा, धरानमा घोपा ट्याक्सी स्ट्यान्ड अगाडी, राजविराजमा आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरमा राम मन्दिर घण्टाघर, गौरमा गौर राइस मिल तथा बिरगंजमा माईस्थान मन्दिरमा खेल देखाइने छ । त्यस्तै हेटौडामा हुप्राचौर, दमौलीमा अनसन चौतारी,…

एसिया कप आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानको सामना गर्दै
काठमाडौं, १३ भदौ २०८० ।

एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । पाकिस्तानको मुल्तानमा अपराह्न ३ बजे एसिया कपको उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झण्डै ३ दशकपछिको पहिलो एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत…